Khabar Board
Flash logo up side
Nirbachan aayog

विमानस्थलमा ५० लाख रुपैयाँसहित कर्मचारी पक्राउ परेपछि राजश्व अनुसन्धानको घेरामा सौर्य एयरलाइन्स

एयरलाइन्स किन्दा भारतको कुबेर ग्रुपले ३ अर्ब ५० करोड रुपैयाँ पठाएको देखिएन औपचारिक च्यानल

Nirbachan m

काठमाडौं । गत शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० लाख रुपैयाँसहित कर्मचारी पक्राउ परेपछि सौर्य एयरलाइन्स राजश्व अनुसन्धान विभागको छानबिनमा परेको छ।

स्रोतका अनुसार त्यो पैसा कुन स्रोतबाट आएको अहिलेसम्म सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले कागजात दिइसकेका छैनन्।

उनले सो रकम सौर्य एयरलाइन्सकै टिकट बिक्रीबाट प्राप्त भएको बताए पनि स्रोत खुल्ने कागजात दिएका छैनन्। कागजात पेश भएपछि पनि विभागले त्यसको विश्वसनीय स्रोत खोज्ने भएको छ।

पुस १७ गते विराटनगरबाट आएको सौर्य एयरलाइन्सको जहाजमा चाउचाउ लेखिएको कार्टुनभित्र ५० लाख रुपैयाँ भेटिएको थियो। स्रोत नखुलेको उक्त रकम लिन आएकी एयरलाइन्सकी कर्मचारी रेशा शाक्यलाई प्रहरीले पक्राउ गरेको थियो।

उक्त रकमबारे थप अनुसन्धान गर्न सौर्य एयरलाइन्सका विराटनगरस्टेशन म्यानेजर प्रकाश पौड्याललाई पनि नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको छ।

पोखरेल झापाका सुपारी व्यापारी पनि हुन् र बरामद भएको पैसा सुपारीको कारोबार गर्दा छलेको राजश्वबाट आएको आशंकामा छानबिन भइरहेको विभाग स्रोतले बतायो। स्रोतका अनुसार गत साल २५ हजार मेट्रिक टन सुपारी पोखरेलले इन्डोनेसियाबाट आयात गरेका थिए।

त्यो सुपारी प्रतिकेजी ३५० रुपैयाँले आयात गरिएको थियो। तर, यो सुपारी बिक्री गर्दा ५० रुपैयाँ कममा बिल काटिएको छ। ‘आयातको वास्तविक मूल्यभन्दा कम रुपैयाँमा बिक्री भएकाले सुपारीमा राजश्व छली गरेको भन्न सकियो, तर अहिले अनुसन्धानकै क्रममा रहेकाले किटान गर्न सकिएन,’ स्रोतले भन्यो।

यता कर्मचारी पक्राउ परेपछि अध्यक्ष पोखरेल भने तीर्थाटनमा भारत निस्केका छन्। भारत जानुलाई ‘अर्थपूर्ण’ तरिकाले हेरिएको छ। यसकारण कि सौर्य एयरलाइन्सका आधिकारिक लगानीकर्ता भारतीय हुन्। पोखरेल दृश्यमा रहेका पात्र मात्रै हुन्। सौर्य एयर तीन वर्षअघि घाटामा गएर बन्द हुने अवस्थामा पुगेको थियो। त्यसपछि त्यसको व्यवस्थापन परिवर्तन भयो। व्यवस्थापन परिवर्तन भए पनि त्यसका सुरूवाती अध्यक्ष पोखरेल नै अध्यक्ष रहे। व्यवस्थापन भारतको कुबेर ग्रुपले ६२ करोड रुपैयाँमा खरिद गरेको बताइएको थियो।

कुबेर ग्रुपले भारतमा गुट्खा उत्पादन गर्छ। त्यो कम्पनीमा विदेशबाट ल्याइएको सुपारी घुमाइफिराइ नेपाली भनेर पुर्‍याइन्छ। त्यसैले पोखरेलको साइनो कुबेर ग्रुपसँग छ।

अहिले राजश्व अनुसन्धान विभागले स्रोत नखुलेको रकम बरामद गर्दा कुबेर ग्रुपले कुन च्यानलबाट सौर्य एयरमा लगानी भित्र्यायो भन्ने स्वाभाविक प्रश्न उठेको छ।

स्रोतका अनुसार सौर्य एयरलाइन्सको व्यवस्थापन परिवर्तन हुँदा तीन अर्ब ५० करोड रुपैयाँ नेपाल भित्रिएको छ। तर, त्यो रकम भित्रिएको औपचारिक च्यानल भने देखिएको छैन।

त्यो रकम हुण्डीबाट नेपाल भित्रिएकाले कानुनी दायित्व पूरा नगरेको देखिँदा अहिले स्रोत नखुलेको रकमको लहरो सौर्यको व्यवस्थापन परिवर्तन हुँदाको कारोबारसम्म पुग्ने देखिएको छ। विभाग स्रोतले यी सबै प्रकरणमाथि छानबिन सुरू भएको बतायो।

व्यवस्थापन परिवर्तन हुँदा ६२ करोड मात्रै खर्च भएको भनिएको छ। तर, बाँकी रकम कहाँ गयो भन्ने पनि अनुसन्धानको पाटो छ।

‘अहिले तथ्यमा आएको कुरा, अनौपचारिक च्यानलबाट आएको लगानी सबै विषयमा प्रारम्भिक अनुसन्धान चलिरहेको, प्रारम्भिक अनुसन्धानमा आएको तथ्यपछि हामी विस्तृत अनुसन्धान गर्छौं,’ विभाग स्रोतले भन्यो।

इन्डोनेसियाबाट आयात गरिएको सुपारी २०६० सालयता भारतमा गैरकानुनी तरिकाले निकासी हुन थालेको थियो। भारत निर्यात गर्दा उल्लेख्य आम्दानी हुने भएपछि सुपारी कारोबारमा संगठित समूह सक्रिय छ। सो समूहले अहिले पनि नेपाली सुपारीको उत्पत्तिको प्रमाण पत्र जारी गरेर तेस्रो देशबाट आयातित सुपारी भारत निकासी गर्ने गरेको छ।

भारतमा गुट्खाका उद्योग धेरै रहेकाले सुपारीको माग उच्च छ। नेपाली कृषकले उत्पादन गरेको सुपारी आन्तरिक बजारमै बढी खपत हुने गरेको छ। सोतोपाटीबाट

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.