न्युयोर्क । के आइप्याडले ल्यापटपको स्थान लिन सक्ला त ? किवोर्ड बिना त कदापि लिन सक्तैन । यसैक्रममा एप्पल कम्पनीले अत्यन्तै भरपर्दो र उत्कृष्ट किवोर्ड निर्माण गरेको छ ।
अहिले यसलाई एमेजोनमा बिक्रीमा राखिएको छ । त्यो पनि अहिलेसम्मकै सबैभन्दा सस्तो मूल्यमा ।
आगामी केहि समयसम्मका लागि मात्र आइप्याडका लागि एप्पल स्मार्ट किवोर्डको मूल्य ९५ अमेरिकी डलर राखिएको छ । यो मूल्य नियमित मूल्यभन्दा ६४ डलर सस्तो छ ।
यो विशेष स्मार्ट किवोर्ड आइप्याड एयर(तेस्रो जेनेरेसन), आइप्याड प्रो १०.५ इन्चर आइप्याड ( सातौं, आठौं र नवौं जेनेरेसनसंग कम्प्याटिवल हुन्छ ।

यो चुम्वकीय शक्तिबाट जोडिने र यसले आइप्याडको साइड पोेर्ट प्रयोग गर्ने भएकाले यसलाई चार्ज गर्नु आवश्यक छैन । यसलाई पेयर्ड गरिराख्नु पनि पर्दैन । यसलाई प्लगमा जोडेर फटाफट टाइप गरे हुन्छ ।
अहिलेसम्म ४ हजार २ सय एमेजन खरिदकर्ताले यसलाई ४.७ स्टारको औसत रेटिंग दिएका छन् । यसमा राति अवेरसम्म सुरक्षित ढंगले प्रयोग गर्न सक्नेगरी प्रकाशको व्यवस्था गरिएको छ ।
