Khabar Board
Flash logo up side
flash header

धनगढीमा माघ १८ गतेदेखि हुने भनिएको सुदूरपश्चिम महोत्सव स्थगित

Nirbachan m

धनगढी । कैलालीको धनगढीमा यही माघ १८ गते देखी हुने भनिएको सुदूरपश्चिम महोत्सव स्थगित गरिएको छ। कैलालीमा डिसिसीएमसिको बैठकले कोभिड १९ कारण जनस्वास्थ्यलाई ध्यानमा राखी मेला महोत्सव गर्न रोक लगाएसँगै कैलाली उद्योग बाणिज्य संघले पनी अर्को सुचना जारी नभएसम्मका लागी हाललाई महोत्सव स्थगित गरिएको जनाएको छ ।

बुधबार कैलाली उद्योग वाणिज्य संघले विज्ञप्ति नै जारी गर्दै माघ १८ गतेदेखि हुने भनिएको महोत्सव स्थगित गरिएको जानकारी दिएको छ। कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासनले भिडभाड हुने कार्यक्रममा रोक लगाएपछि महोत्सव स्थगित गरिएको हो। हरेक वर्ष मंसिर २२ गतेबाट लाग्ने महोत्सव गत वर्ष कोभिड १९ का कारण हुन सकेको थिएन। तर यो वर्ष कोरोना संक्रमण घटेको भन्दै माघ १८ गतेदेखि महोत्सव आयोजना गर्ने तयारी गरिएको थियो।

Center article
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.