Khabar Board
Flash logo up side
Nirbachan aayog

दार्चुलामा प्रहरी चौकीमा प्रहरीबीच नै झडप; हवल्दार घाइते

Nirbachan m

दार्चुला । दार्चुलामा प्रहरीहरुबीच नै आपसमा झडप भएको छ । बुधबार बेलुकाको समयमा मालिकार्जुन प्रहरी चौकीमा कार्यरत नेपाल प्रहरी र ट्राफिक प्रहरीबीच झडप भएको हो ।

प्रहरी चौकी इन्चार्ज, ट्राफिक प्रहरी र प्रहरीका हवल्दारबीच विवाद भएर झडप भएको एक प्रहरी अधिकारीले बताए । उहाँले सवारी साधन चेकजाँचको विषयलाइ लिएर विवाद भएको र विवादले उग्र रुप लिएपछि झडप भएको बताए ।

उक्त झडपमा प्रहरी हवल्दार मदनसिंह धामी घाइते भएका छन् । उनको हात र शरिरमा चोट लागेको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाले भने चौकीमा झडप भएकोबारे जानकारी नभएको जनाएको छ । डिएसपी मनोहर प्रसाद भट्टले भन्नुभयो, ‘झडप भएको जानकारी छैन, त्यस्तो नभएको हुनसक्छ’ । सामान्य विवाद भएपनि त्यो समाधान हुन्छ,’ । झडपमा संलग्न सुरक्षाकर्मीहरुलाई राति नै इलाका प्रहरी कार्यालय गोकुलेश्वर झिकाइएको छ ।

Panacea Education

महाकाली लोकमार्ग क्षेत्रमा ट्राफिक प्रहरीको कमजोरीका कारण यातायातमा यात्रुहरुले सास्ती भोग्न बाध्य छन् । समयमा यातायात नपाउने र पाएपनि चर्को भाडा तिर्नुपर्ने बाध्यता रहेको यात्रुहरु बताएका छन् ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.