Khabar Board
Flash logo up side
Nirbachan aayog

आजको मौसम : यी प्रदेशमा बर्षाको सम्भावना, चिसोबाट बच्न मौसमविद्को आग्रह

अझै बढ्ने क्रममा

Nirbachan m

काठमाडौं । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। शनिबार रातीदेखि भने प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।

आइतबार गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ। देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसो बाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।

त्यस्तै, भोली राती गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ। ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.