Khabar Board
Flash logo up side
flash header

आज सार्वजनिक बिदा

Nirbachan m

मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश घोषणा भएको खुशियालीमा भोलि सार्वजनिक बिदा दिइएको मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

प्रदेश सरकार गठन भएको ४ वर्षपछि आज दुई तिहाई मतद्वारा मधेश नाम पारित भएको हो । प्रस्तावको पक्षमा जसपा, लोसपा, माओवादी केन्द्र, संघीय समाजवादी पार्टीका अलावा अन्य दलका केही सांसदहरुले पनि मतदान गरेका थिए ।

प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश २ ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ । प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो । जुन दुई तिहाइ बहुमत हो ।१०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो ।

Center article

साथै यसअघि सोमबार नै प्रदेशसभाले प्रदेशको राजधानी जनकपुरलाई पारित गरेको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.