यी फोनमा अब चल्नेछैन ह्वाट्सएप

Image

काठमाडौं । मेसेजिङ एप ह्वाट्सएपले समयसमयमा यस्ता स्मार्टफोनका सूचीहरू सार्वजनिक गर्दछ, जसमा उसले आफ्नो सेवा बन्द गर्न लागेको हुन्छ । त्यसैले ती फोनमा प्रयोगकर्ताहरूले ह्वाट्सएप एप्लिकेसनको प्रयोग गर्न पाउँदैनन् ।

यसैबीच ह्वाट्सएपले सन् २०२२ मा पनि ती फोनको सूची सार्वजनिक गरेको छ जसमा अब ह्वाट्सएपको सेवा बन्द हुँदैछ । यदि तपाईंले पनि यीमध्ये कुनै फोन प्रयोग गर्दै हुनुहुन्छ भने ह्वाट्सएप चलाउन पाउनुहुनेछैन ।

ह्वाट्सएपका अनुसार यदि तपाईंले एन्ड्रोइड अपरेटिङ सिस्टम ४.१ वा त्यसभन्दा पुरानो भर्सनका फोन प्रयोग गरिरहनुभएको छ भने अबदेखि ह्वाट्सएप चल्नेछैन ।

त्यस्तै एप्पलको आईओएस ९ वा त्यसभन्दा पुरानो भर्सनको सफ्टवेयर भएका आइफोनमा पनि ह्वाट्सएपले आफ्नो सेवा बन्द गर्दैछ । त्यसैले तपाईंले यदि यस्ता फोन प्रयोग गर्नुभएको छ भने कि त सफ्टवेयर अपडेट गरेर नयाँ अपरेटिङ सिस्टममा जानुपर्नेछ कि त नयाँ फोन बदल्नुपर्नेछ ।

ह्वाट्सएपले सेवा बन्द गर्न लागेका एन्ड्रोइड फोनको सूची यस्तो छ –

  1. सामसुङ ग्यालेक्सी ट्रेण्ड लाइट
  2. सामसुङ ग्यालेक्सी ट्रेण्ड टू
  3. सामसुङ ग्यालेक्सी एस थ्री मिनी
  4. सामसुङ ग्यालेक्सी एक्सकभर टू
  5. सामसुङ ग्यालेक्सी कोर
  6. सामसुङ ग्यालेक्सी एस टू
  7. एचटिसी डिजायर ५००
  8. सोनी एक्सपिरिया एम
  9. एलजी लूसिड टू
  10. एलजी अप्टिमस एफ सेभेन
  11. एलजी अप्टिमस एल ३२
  12. एलजी अप्टिमस एल ३
  13. एलजी अप्टिमस एल ५
  14. एलजी अप्टिमस एल ७
  15. एलजी अप्टिमस एफ ६
  16. एलजी अप्टिमस एफ ३
  17. एलजी अप्टिमस एल ४, डुअल
  18. एलजी इनेक्ट
  19. हुवावे एसेन्ड जी ७४०
  20. लेनोभो ए ८२०
  21. हुवावे एसेन्ड डी टू
  22. हुवावे एसेन्ड मेट

त्यस्तै ह्वाट्सएपको सेवा बन्द हुने आइफोनहरूमा आइफोन एसइ १६, ३२ र ६४ जिबी, आइफोन सिक्स एस को १६, ३२, ६४ र १२८ जिबी मोडेल तथा आइफोन सिक्स एस प्लसको १६, ३२, ६४ र १२८ जिबी मोडेल रहेका छन् ।

एजेन्सीको सहयोगमा