स्वोतन्त्र युवाको पहल र समाजसेवी मल्लको सहयोगमा न्यानो लुगा बितरण

Image

डडेल्धुरा । समाजसेवी प्रकाश मल्ल ‘विनय’को सहयोगमा बेथस्दा बालगृहमा न्यानो लुगा वितरण गरेका छन्। सोमबार अमरगढी नगरपालिका–७ पोखरामा रहेको गृहमा स्वतन्त्र युवा एकता समाज डडेल्धुराका सदस्यहरूले हस्तान्तरण गरेका हुन ।

अहिले उक्त गृहमा डडेल्धुराका र डोटीका दुई/दुई बझाङका एक र अन्य जिल्लाका गरि आठ जना वालवालिकाहरू रहेका छन्। जिल्लामा रहेका समाज सुधारक, नेता कार्यकर्ता स्थानीय जनप्रतिनिधिहरू चिसो खप्न नसकेर घरै भित्र बसिरहँदा मल्लले गरेको सहयोगले अनाथ वालवालिकाहरूको मुहारमा खुसी छाएको अध्यक्ष जितेन्द्र ताम्राकारले बताए।

उनले विगतका दिनहरूमा पनि समाजसेवी मल्लले आफूहरूलाई सहयोग गरेको बताए । विनय जस्ता समजासेवीको जिल्लामा आवश्यकता रहेको स्थानीय प्रकाश ताम्राकारले बताए। आफूहरूले जिल्लामा रहेका विभिन्न दुखमा परेका दिन दुखीहरूलाई समाजसेवी विनय मल्लले गरेको सहयोग समुदायमा वितरण गर्ने गरेको स्वतन्त्र युवा एकता समाजका सदस्य युवा सुरत तमोलीले बताए।

मल्लले विगतका दिनहरूमा जिल्लामा स्वास्थ्य, शिक्षा, विकास तथा पुराना मठमन्दिर बाटोघाटो निर्माणमा र कोरोनाको समयमा विपन्न दलित परिवारका सदस्यहरुलाई राहत तथा अस्पतालमा निशुल्क अक्सिजन सिलिन्डर सहयोग गरेका थिए।

बेथस्दा बालगृहमा चिसोको समयमा न्यानो लुगा नभएको खबर सुनेपछि आफूले सहयोग गरेको विनयले बताए। न्यानो लुगाले बालगृहमा रहेका बालबालिकालाई केही हदसम्म सहज हुने अपेक्षा गरे। आफ्नो सहयोगले समाजमा पछाडि परेका व्यक्तिको मुहारमा खुसी छाओस् भनेर सहयोग गर्ने गरेको उनको भनाइ छ।