काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल सुदुर पश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ। साथै सुदुर पश्चिम प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भएको छ।
सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ माघ १२ गते (बुधबार)
दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। सुदुर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
राती : देशको पहाडी भूभागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने छ। देशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
२०७८ माघ १३ गते (विहीबार)
दिउँसो : प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ। देशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
राती : प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ। प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
माघ १४ गते (शुक्रबार)
दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
राती : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।