Khabar Board
Flash logo up side
flash header

२०२३ मा ‘पुष्पा २’ प्रदर्शन हुने

Nirbachan m

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पाः द राईज’को दोस्रो भाग ‘पुष्पा २’ २०२३ मा प्रदर्शन हुनसक्ने यसका निर्माणपक्षले जनाएका छन्। फिल्मका निर्माता मनीष शाहले हालसालै दिएको एक अन्तर्वार्तामा फिल्मको दोस्रो भाग २०२३ मा प्रदर्शन गर्ने तयारी रहेको बताएका छन्।

गत वर्ष डिसेम्बरमा प्रदर्शनमा आएको ‘पुष्पाः द राइज’ महामारीपछि धेरै आम्दानी गर्ने सिमित फिल्महरुमध्येको एक थियो। कुल २ सय ५० करोडको बजेटमा बनाएको फिल्मले ३ सय ४२ करोड रुपैयाँ सिनेमा हलमा भएको प्रदर्शनबाटै आम्दानी गरेको थियो। सँगै ओटिटी माध्यमसँगको सम्झौतामार्फत फिल्मले करोडौंको आम्दानी गरेको थियो।

अल्लु अर्जुन पुष्पाको भूमिकामा रहेको यो फिल्ममा उनी रक्तचन्दन तस्करी गर्ने पात्रको भूमिकामा थिए। पहिलो भागमा गाउँको सामान्य मजदुरी गर्ने पुष्पा रक्तचन्दन तस्करीको नामी पात्र बन्दासम्मको कथा देखाइएको छ। फिल्मको दोस्रो भागमा यसपछिको कथा प्रस्तुत हुनेछ।

Center article

फिल्मको दोस्रो भागको प्रदर्शनको विषयलाई लिएर निर्माता मनिष शाहले बताएअनुसार यहि वर्षको मार्च वा अप्रिलमा फिल्मको छायांकन सुरु हुनेछ। जसअनुसार करिब २५० दिनको छायांकनपछि फिल्मलाई २०२३ मा प्रदर्शन गर्ने तयारी रहेको छ। पुष्पाको पहिलो भाग ‘पुष्पाः द राइज’को छायांकन २१० दिनसम्म चलेको थियो।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.