काठमाडौं । नेपाल टेलिकमले भ्यालेन्टाइन्स डे अफर सार्वजनिक गरेको छ। टेलिकमका अनुसार ४९ रुपैयाँमा २४ घण्टाका लागि अनलिमिटेड भ्वाइस र अनलिमिटेड डेटा पाइनेछ। ग्राहकले १ एमबीपीएस गतिमा डेटा चलाउन सक्नेछन्।
अनलिमिटेड भ्वाइस टेलिकमको नेटवर्कभित्र मात्रै प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ। *१४१५# डायल गरी वा नेपाल टेलिकमको मोबाइल एपबाट यो सेवा लिन सकिनेछ।
यो अफर फागुन १ र २ गतेका लागि मात्र लागू हुने टेलिकमले जानकारी दिएको छ।