युट्युवबाट घरमै बसेर यसरी पैसा कमाउने नयाँ तरिका आउँदै

Image

काठमाडौं । युट्युवबाट घरमै बसेर पैसा कमाउने नयाँ तरिका आउने भएको छ ।

युट्युवले हालै एउटा ब्लग पोस्ट सार्वजनिक गर्दै नयाँ क्रियटरका लागि थप पैसा कमाउन र आफ्नो पहुँच विस्तार गर्न सजिलाे बनाउन सहयाेग पुग्नेगरी नयाँ फिचर ल्याउन लागेको हो ।

टिकटकजस्तै युट्युवकाे छोटो भिडियोहरू पोस्ट गर्ने प्लेटफर्म ‘शर्ट्स‘ मार्फत पनि आम्दानी गर्न सकिने व्यवस्था ल्याउन लागिएको हो । साथै शर्ट्सबाटै किनमेल गर्न ‘सुपर च्याट’ एकीकृत गर्ने कम्पनीले जनाएकाे छ ।

किनमेलसँग सम्बन्धित भिडिओहरू राख्ने तथा लाइभ किनमेल गर्नेबाहेक यसका लागि अन्य फिचर पनि थप हुने कम्पनीले जनाएको छ ।

क्रियटरहरूलाई लक्षित गरेर टिकटकमा जस्तै शर्ट्समा पनि नयाँ भिडिओ इफेक्टस, एडिटिङ टुल्स साथै कमेन्टहरूको हकमा नयाँ सुविधा थपिने भएकाे छ ।

यही वर्षदेखि युट्युवले ‘लाइभ टुगेदर’ फिचर पनि ल्याउने भएको छ, जसमा दुई जना प्रयोगकर्ता एकैपटक लाइभमा बस्न सक्छन् । यो सँगै युट्युवले धेरै नयाँ फिचर थप गर्ने भएको छ ।