हेटौंडा। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको उच्च पहाडी तथा हिमाली भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।
पश्चिमी न्यून प्रणालीको प्रभावले साझ करिब ८बजेदेखि हेटौंडामा पनि हावाहुरी सहित पानी परिरहेको छ । भने उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकाको सिमभञ्याङ साथै दामन क्षेत्रमा हल्का हिमपात सुरु भएको छ ।
महाशाखाले आज राति देशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।