Khabar Board

आगामी तीन दिनको मौसम : यी भूभागमा मेघगर्जन, चट्याङ्ग र असिनासहित बर्षा र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । सुदूर पश्चिम र कर्णाली प्रदेशका भूभागमा सामान्य बदली र बाकी भूभागमा आंशिक बदली रहेको छ।

फागुन १४ गते (शनिबार)

दिउँसो : देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा सामान्य बदली तथा अन्य भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेशका केही स्थानहरुमा तथा बागमती र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र असिनासहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती : देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा लगायत बागमती र प्रदेश १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा अन्य भूभागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेश का उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फागुन १५ गते (आईतबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा अन्य भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागमा थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भभागमा आंशिक देखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फागुन १६ गते (सोमबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभाग एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेशका केही स्थानहरुमा तथा बागमती र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र असिना सहित हल्का वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले त्यसको प्रभावहरूबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.