Khabar Board

पहाडी भू-भागमा हल्का वर्षा, हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागमा आंशिक बदली भइ अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेकोछ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली भने अन्य भू-भागमा मौसम सामान्यतया सफा नै रहनेछ भने प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राती देशको पहाडी भू-भागमा आंशिक बदली भइ अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना सहेको छ।

त्यस्तै, भोलि दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा साथै कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, राती प्रदेश १, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, बिहीबार दिउँसो देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको साथै पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ । प्रदेश १,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती देशको पहाडी हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ । प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यो समयमा प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता महाशाखाले अपनाउन अनुरोध छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.