मकवानपुरगढीको बुढीचौरमा प्याराग्लाइडिङ परीक्षण हुने

Image

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपलिकाको वडा नंबर ८ को बुढीचौरमा बृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

यहि फागुन २१ गते शनिबार बृहत ल्होछार सांस्कृतिक कार्यक्रमको तयारी गरिएको ल्होछार व्यवस्थापन समितिले जनाएको छ ।

सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धनको लागि उक्त कार्यक्रम गर्न लागिएको व्यवस्थापन समितिका संयोजक, मकवानपुरगढी गाउँपालिकाका वडा नंबर ८ का वडा अध्यक्ष कुमार सिंह घिसिङले बताउनुभयो ।

अध्यक्षका अनुसार त्यही दिन बुढीचौरमा प्याराग्लाडिङको पनि परीक्षण गर्न लागिएको बताउनुभयो । उनले गाउँपालिको बजेट मार्फत उक्त प्याराग्लाडिङको परीक्षण हुन लागेको पनि बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशकी सामाजिक मन्त्री: कुमारी मोक्तानको प्रमुख आतिथ्यता साथै गाउँपालिका अध्यक्ष बिदुर हुँमागाईको विशेष आतिथ्यता रहने जनाईएको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।