हेटौंडा
मकवानपुरको मकवानपुरगढी गाउँपलिकाको वडा नंबर ८ को बुढीचौरमा पहिलो पटक प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ ।
शनिबार भएको सोनाम ल्होछार सांस्कृतिक कार्यक्रममा बढीचौरको डाँडामा प्याराग्लाइडिङको उडान सफल भएको हो ।
गाउँपालिको बजेट मार्फत उक्त प्याराग्लाडिङको परीक्षण भएको हो । बुढीचौरको युल्जाङ डाँडाबाट उडान भएको प्याराग्लाइडिङ बुढीचौरकै खेलमैदानमा सफल गरिएको थियो ।
प्याराग्लाइडिङका माध्यमबाट पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न परीक्षण उडान गरिएको हो । परीक्षण सफल भएसंगै व्यवसायीक प्याराग्लाडिङ सञ्चालन गर्ने गाउँपालिकाको तयारी रहेको छ ।
मकवानपुरगढीमा पर्यटक भित्र्याउनका लागि धार्मिक तथा ऐतिहासिक पर्यटनको अति सम्भावना रहेको छ । उक्त गाउँपालिकामा नेपालको ऐतिहासिक मकवानपुरगढी दरबार,ढुङ्गे गढी,कडा चट्टानले बनेको ऋृषेश्वर गुफा,मनकामना मन्दिर साथै रमणिय पर्यटकीय स्थलहरु पनि रहेका छन् ।
















