काठमाडौं
देशको पहाडी भूभागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, गण्डकी र प्रदेश–१ को पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।














