के बलिउडमा इन्ट्री गर्दैछन् महेश बाबु ?

Image

काठमाडौं ।

निर्देशक एसएस राजामौलीले पछिल्लो समय फिल्म ‘आरआरआर’ प्रदर्शनमा व्यस्त छन् । कोरोनाभाइरसको महामारीका कारण पटक पटक डेट सारिएको फिल्म अन्ततः यही मार्चमा प्रदर्शन हुँदै छ ।

यसैले गर्दा पनि उनको व्यस्तता बढेको छ । निर्देशक राजमौलीसँगै जुनियर एनटिआर र राम चरणको अभिनय रहेकाले पनि फिल्म प्रतिक्षित छ । यसपछि निर्देशक राजामौलीले के गर्नेछन् त ? यो जिज्ञाषा दर्शकसँगै फिल्मकर्मी माझ पनि उत्तिकै छ ।

’आरआरआर’ प्रमोसनकै क्रममा उनले अब के गर्दै ? भन्ने प्रश्नको सामना गरिरहेका छन् । यसैबीच उनले साउथका अर्का स्टार महेश बाबुसँग काम गर्न लागेको चर्चा बढेको छ । यसै फिल्ममार्फत महेश बाबुको बलिउड इन्ट्री हुने चर्चा समेत बढेको छ । प्रभास पश्चात बलिउड प्रवेश गर्ने लिस्टमा महेश बाबु रहेको चर्चा बि-टाउनमा छ ।