Khabar Board
Flash logo up side
flash header

‘ब्युटीसियन ट्यालेन्ट नेपाल’को खोजी

Nirbachan m

काठमाडौं

नेपालका ब्युटिसियनहरुको व्यक्तित्व विकास, प्रतिभा प्रस्तुति र कला प्रदर्शनको लागि चार वर्षदेखि हुँदै आएको ‘ब्युटीसियन ट्यालेन्ट नेपाल’को लागि प्रतियोगीको खोजी सुरु भएको छ । रोज सिप विकास तालिम केन्द्र र विलक्षण क्रियसनले आयोजना गर्दै आएको यो प्रतियोगिताको चौथो संस्करण ‘ब्युटीसियन ट्यालेन्ट नेपाल–२०२२’को लागि प्रतियोगी चयन गर्न फारम खुला गरिएको आयोजक संस्था रोज सिप विकास तालिम केन्द्रकी अध्यक्ष एवम् ब्युटिसियन सोनी कारजितले जानाकारी दिइन ।

विजेताको चयन आगामी चैत २५ गते शुक्रबार काठमाडौंमा गरिने भएको छ । जसका लागि चैतको पहिलो साता नयाँ प्रतियोगीहरुको अडिसन लिएर ७ चैतबाट प्रशिक्षण सुरु गर्नेछन् । विगत झैं यसपटक पनि प्रतियोगीहरुलाई दुई साता लामो प्रशिक्षण दिइने भएको छ । प्रशिक्षणको क्रममा उनीहरुलाई वतृत्वकला, व्यक्तित्व विकास, क्याटवाक, गु्रमिङ, मिडिया क्लास, मार्केटिङ क्लास, केराटिन ट्रिटमेन्ट क्लास, नेल आर्ट, जुरो, मोडर्न हेयर स्टाईल, सेल्फ मेकअप, रशियन हेयर, फिल्म क्यारेक्टर मेकअप क्लास जस्ता विभिन्न प्रशिक्षण दिइनेछ ।

Center article

प्रक्षिथार्थीलाई प्रशिक्षणको क्रममा टि—सर्ट, फाइनल शोको लागि पार्टी गाउन आयोजक पक्षले उपलब्ध गराउने छ । विजेतासहित फस्ट, सेकेन्ड रनर अप र पपुलर उपाधि विजेतालाई क्राउन, ट्रफीसहित विभिन्न पुरस्कार, काठमाडौं, पोखरा, कुस्माको दुई रात ३ दिनको आकर्षक टुर, निःशुल्क फोटो सेसन, विजेताहरुलाई म्युजिक भिडियो तथा विभिन्न फेशन सोहरुमा मेकअप तथा अन्य कामको अवसर प्रदान गरिने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा सहभागी हुन चाहने ब्युटिसियनहरुले रोज सिप विकास तालिम केन्द्र रविभवन तथा विलक्षण क्रियसनको कार्यालय पुतलीसडकबाट फारम लिन सक्ने छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.