हेटौंडा
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको द डोर फ्यामिली होटेल एन्ड रेेेष्टुरेन्ट मा (आज) आगलागी भएको छ । रेष्टुरेन्टमा विद्युत सर्ट भइ आगो लागेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
आशिष गौतमको नाममा रहेको रेष्टुरेन्टमा आगलागीबाट ४ लाख बराबरको क्षती भएको जनाइएको छ । आगलागीबाट रेष्टुरेन्टमा भएका कटेज पूर्णरुपमा नष्ट भएको छ भने कुनै मानवीय क्षती चाहिँ नभएको प्रहरीले जनाएको हो ।
हेटौंडा उपमहानगरपालिकाको बारूण यन्त्र साथै प्रहरीको टोली र स्थानीयको सहयोगमामा आगो नियन्त्रणमा लिइएको छ ।
















