Khabar Board
Flash logo up side
flash header

सामाजिक सञ्जालमार्फत मेयरमाथि जातीय विभेद गरेको कसुरमा धनगढीका एक जनालाई २ महिना कैद

धनगढी ।

सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको आरोप लागेका धनगढीका एक पुरुषलाई दुई महिना कैद सजाय सुनाइएको छ। उच्च अदालत दीपायलले धनगढीको बोराडाडीका ओमप्रकाश पाण्डेलाई दुई महिना कैद सजाय सुनाएको हो।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई लक्षित गर्दै २०७७ साल वैशाख २७ गते सामाजिक सञ्जाल फेसबुकमा ‘जात करे उत्पात भनेको यही हो’ भनेर कमेन्ट जनाएर जातीय रुपमा विभेद गरेको भन्दै पतिराम सोवसहित चार जनाले जिल्ला प्रहरी कार्यालय कैलालीमा पाण्डेविरुद्ध जाहेरी दिएका थिए।

सो मुद्धामा कैलाली जिल्ला अदालतले २०७७ मंसिर ३० गते प्रतिवादी पाण्डेलाई पाँच सय रुपैयाँ जरिमाना मात्र गरेको थियो। उच्च अदालत दीपायलले जिल्ला अदालतको फैसला उल्टाउँदै प्रतिवादीलाई दुई महिना कैद र २० हजार रुपैयाँ जरमानाको सजाय सुनाएको हो।

उच्च अदालत दिपायलका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको संयुक्त इजलासले न्यूनतम सजाय गर्दा समेत न्यायको मकसद पूरा हुने हुँदा उक्त सजाय गरेको उच्च अदालतले जनाएको छ।

यातायात कार्यालय हेटौँडा
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.