काठमाडौँ
नेपाल टेलिकमले मुलुकभरी मनाइने फागु पर्वको अवसरमा अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ।
यो अफर अन्तर्गत ६९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा तीन दिन र दुई सय ९४ रुपैयाँमा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ ।
*१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यो सुविधा खरिद गर्न सकिन्छ। यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ।