काठमाडौँ
जर्नेल भनेको देश, जनता र सबै सकल दर्जाको सही र गलत निस्वार्थ हिसाबले छुट्याउने दर्जा हो तर उपरथि सन्तोष ढकाल भने शुरुदेखि नै खै कसरी कसबाट जोगिएर विशिष्ट श्रेणीमा पुगेछन् ।
पोखराबाट खेलाडीका रुपमा उनलाई डा. देशराज कुँवरले सेनामा भर्ती गरिदिएका हुन् । खेलमा भाग लिए पनि उनको पोजिसन के थियो भन्ने खुलेको छैन । आफ्नो मित्रगण गुल्म र आर्मीभरिमा उनले राम्रो एक गोल गरेका छैनन् ।
आफूभन्दा जुनियरमाथि अभद्र, अनुचित व्यवहार गर्ने, गाली बेइज्जति गर्ने, मुड्की र लात्तीले कुटपिट गर्ने जर्साबको प्यारो स्वभाव हो । मै हुँ भन्ने घमण्ड त भैहाल्यो । कमाण्डरका सामु पर्दा चुप लाग्ने तर पछाडि पछाडि अवस्थाअनुसार मानिस उचाल्ने गर्छन् । कुन मान्छेसँग कस्तो व्यवहार गर्दा फाइदा हुन्छ भन्ने राम्रो ज्ञान, सीप र सिकायत उनैसँग छ ।
क्याप्टेन, मेजर हुँदा बाहिर अभ्यासको जिम्मा दिएर टोली कमाण्डर बनाई पठाएको बेला तलको दर्जामाथि कुटपिट गरेर मरणासन्न बनाई अस्पताल भर्ना गर्नुपरेको थियो । तालुक अफिसका हाकिमलाई भने अभ्यासका क्रममा बिरामी भएको भनेर रिपोर्ट धन्न गरिदिए ।
खरिपाटी ब्यारेक भक्तपुरमा निर्देशक हुँदा प्रमुख सुवेदारलाई बाध्य पारी प्राइभेट फण्डको गर्नसम्म दुरुपयोग गरियो । साथै कूय विभागसँग समन्वय गरी नयाँ क्याडेटको सबै राशन र लत्ताकपडाको रकम ठेकेदारसँग नगद लिएर खानपिन र पोशाक भत्तासहित घोटाला गरेको चिठ्ठी पत्रपत्रिकामा आएपछि बाहिर पृतनापतितिर पोष्टिङ्ग भयो । प्रभुरामले सधैं प्रभु स्वभाव देखाइरहने कि कठोर पनि बन्ने ? राजीव थापाहरुलाई किन मायाँ गरिराखेको ?
कल्याणकारी कोषमा २०३० सालदेखि सैनिकबाट संकलित छ । यो कोषको रकम तल्लो तहका सैनिकले चलाउन पाएका छैनन् । यसमा सबै दर्जा र पिएसओको दायित्व हुन्छ ।
सेनापतिले तल्लो दर्जाले पाएको छ कि छैन, लगेको छ भने ठीक, बेठीक चेक गरी यकिन गर्नुपर्छ । नत्र किन चेनअफ कमाण्ड भनेको ? सेनापतिलाई राम्रो गरे स्याबासी जान्छ, सेनाभित्रको जुन दर्जाका व्यक्तिले गल्ती गरे पनि उनैको, देशको नाम जान्छ ।
उपरथी सन्तोष ढकालले हाल कल्याणकारी कोषभित्रको लेख, पत्रपत्रिका, चिठ्ठी सम्पूर्णको सल्लाहकार दिने गरी साँठगाँठसमेत गरिरहेका छन् । सन्तोषको बोली छिनछिनमा फेरबदल हुन्छ । कसैसँग मिजासिलो व्यवहार गर्दैनन् । तल्लो दर्जालाई अपमान मात्रै गर्छन् । यी सबैको छानबिन गरी निजलाई कारवाही गरियोस् ।– सेनाभित्रका पीडित दर्जा (जनआस्थाबाट)