काठमाडौं ।
पल शाहले बालिकालाई करणी गरेको कुरालाई अस्वीकार गरेका छन्। नवलपुर जिल्ला अदालतमा दर्ता गरिएको अभियोग पत्रमा बयान दिँदै उनले करणी गरेको कुरालाई अस्वीकार गरेका हुन्।
पलले २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडियोहरूको सुटिङ सकिएको दुई तीन महिनापछि पीडितले आफूलाई फोन गरि बाहिर सम्बन्धलाई लिएर चर्चा भइरहेको बताएपछि आफूहरूबीच विवाद भएको जनाएका छन्।
बिबाद बढ्दा जाँदा ’तिमी आफ्नो तरिकाले गर भनि बादबिबाद भएको केही समयमा पीडितको तर्फबाट प्रहरीमा उजुरी परेको’ उल्लेख गरेको बयानमा भनिएको छ। रिसोर्टमा आफूले पीडितलाई मादक पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको भन्ने व्यहोरा झुटो भएको उनले बयानमा भनेका छन्। उनले भनेका छन्, ‘म र पीडितबीच प्रेम सम्बन्ध थिएन।’