Khabar Board
Flash logo up side
flash header

धनगढीमा यौन धन्दा संचालन गराउने ४ होटल व्यवसायी सहित ९ जना युवती पक्राउ

Nirbachan m

धनगढी।

धनगढीमा यौन धन्दा संचालन गराउने ४ होटल व्यवसायी सहित संलग्न ९ जना युवती पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज धनगढी बजारमा रहेका बिभिन्न होटलहरुमा यौन धन्दा भईरहेको छ भन्ने विशेष सुचनाका आधारमा ४ होटल व्यवसायी सहित संलग्न ९ जना युवती पक्राउ परेका हुन् ।

धनगढी उपहानगरपालीका वडा नम्बर १ एलएन चोक स्थित रहेको शाही होटल प्यालेश, धनगढी उपहानगरपालीका वडा नम्बर ३ ट्राफिक चोक (चौराहा) स्थित रहेको सनराईज होटल, वडा नम्बर ३ ट्राफिक चोक (चौराहा) स्थित रहेको बुढिनन्दा बाजुरा होटल तथा धनगढी उपहानगरपालीका वडा नम्बर ८ क्याम्पसचोक स्थित रहेको प्रिन्स होटलमा प्रहरीले छापा मारेको थियो ।

Center article

छापा मार्दा यौन धन्दामा संलग्न ९ जना युवतिहरु पक्राउ गरी उक्त धन्दा संचालन गराउने ४ जना होटल व्यवसायीहरु समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याई आवश्यक अनुसन्धान भईरहेको जनाइएको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.