Khabar Board
Flash logo up side
flash header

आगामी आइतबारसम्म कुन प्रदेशको मौसम कस्तो रहला ?

Nirbachan m

काठमाडौँ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनिय मौसमी प्राणाली छैन ।

देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। आज शुक्रबार देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

भोलि शनिबार भने देशको पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेगगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएको छ ।

Center article

आइतबार सुदुर पश्चिम, कार्णाली र गण्डकी प्रदेश लगाएत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेगगर्जन र चट्याङ्ग सहित हल्का वर्षा हुने पूवार्नुमान गरिएको छ ।

आइतबार राति देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रहने छ। देशका पहाडी भूभागका एकरदुई स्थानमा मेगगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको समवना रहेको मौसमविद्को भनाई छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.