हेटौंडा।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौरमा निर्माण सुरु भएको बहुउद्देस्यीय भवनको शिलान्यास गरिएको छ । ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको ११ तले भ्यु टावर सहितको बहुउद्देस्यीय भवनको शिलान्यास उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले गरेका हुन् ।
कार्यक्रममा बोल्दै मेयर महतले आफुले चुनाब उठ्नु भन्दा अगाडी आम जनतामाझ घोषणा पत्र मार्फत उल्लेख गरेअनुसारनै भवन निर्माण गर्न लागिएको बताएका छन् साथै यस भवन निर्माण सम्पन्न भइसकेपछि उपमहानगरपालिकाको आन्तरिक श्रोतमा धेरै बृद्धी हुने मेयर महतको भनाई थियो ।
हेटौंडा उपमहानगरपालिकाले पाँच वर्षको अवधिमा धेरै राम्रा गौरबका योजनाहरु निर्माण गरेको र त्यही अनुसार यो योजना रहेको पनि बताएका छन्। उपमहानगरपालिकाको लगानीमा हेटौंडामा बस टर्मिनल, हेटौंडा अस्पतालमा डायलाशिस मेसीन, तरकारी थोक बजार, पीप्ले रंगशाला निर्माण लगायतका बिकासका काम गरिएको बताएका छन् साथै घोषणापत्रमा उल्लेख गरेका भन्दा धेरैनै काम गर्न सफल भएको मेयर महतको भनाई रहेको छ ।
हुप्राचौरमा निर्माण हुन लागेको बहुउद्देश्यीय भवनको भ्याट र कन्सल्टेन्सीसहित ९६ करोड ३५ लाख ४४ लाख रुपैयाँ लागत निस्कीएको थियो । त्यस बाहेकमा ठेक्का आव्हान गर्दा ७७ करोड ७६ लाखमा लागत अनुमान गरिएको थियो । कुल लागतमा ३८ दशमलब २८ प्रतिशत घटेर लामा, रसुवा, बानियाँ जेभीले ठेक्का प्राप्त गरेर काम सुरु गरेको हो ।
११ तले भवनमा सबै भन्दा मुनी दुई तलाको अण्डरग्राउण्ड, चारतिरबाट लिफ्ट, दुइवटा भर्याङ, सबै भन्दा माथी भ्यु टावर निर्माण गरिने उपमहानगरपालिका योजना महासाखाका प्रमुख सत्यनारायण साहले बताएका छन् । व्यापारिक भवनको सबै भन्दा माथी भ्यू टावरबाट हेटौंडा र आसपासको क्षेत्र सहज रुपमा हेर्न सकिने छ ।
तीन वर्षमा सबै काम सक्नेगरी ठेक्का दिइएको साहले बताए। उपमहानगरपालिकाबाट लिएको काममा गुणस्तर कायम गर्दै समयमा नै सकाउने लामा, रसुवा, बानियाँ जेभीका संचालक ऋसी बानियाँले बताएका छन् । हेटौंडा–४ का वडा अध्यक्ष नबिन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१० का वडा अध्यक्ष किताबसिंह लामा, हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्का साथ साथै हेटौंडा उपमहानगरपालिकाका महासाखाका प्रमुखहरु, कर्मचारीहरु, समाजसेविहरुको उपस्थिति रहेको थियो।














