पश्चिमी न्यून चापीय प्रणालीको कायमै : बुधबारसम्म यी क्षेत्रमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षाको सम्भावना

Image

काठमाडौँ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहेको छ।

यस्तो रहनेछ आगामी तीन दिनको मौसम

चैत्र १५ गते (मंगलबार), दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भूभागहरूका थोरै स्थानहरु तथा बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

चैत्र १६ गते, (बुधबार) दिउँसो : प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागका केहि स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

चैत्र १७ गते (विहिबार), दिउँसो : प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र बागमती प्रदेशका केही स्थान तथा प्रदेश २ र गण्डकी प्रदेशका भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ् सहित हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ का पहाडी भुभागका थोरै स्थान र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

प्रदेश १ का पहाडी भूभागहरूका थोरै स्थानहरु तथा बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको साथै हावा हुरीको समेत सम्भावना रहेको छ ।

साथै तराई भूभागहरुमा हल्का तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।