आज हेटौंडामा मेघा कन्सर्ट हुदै : को को कलाकार आउदैछन

Image

हेटौंडा ।

नयाँ वर्ष २०७९ को अवसरमा आज बागमती प्रदेशको राजधानी हेटौंडामा मेघा कन्सर्ट हुँने भएको छ ।

हेटौंडा-४ भुटनदेवी माविको खेल मैदानमा हुने कन्सर्ट आज मध्यान्न १२ बजेबाट सुरु हुने बागमती फाउण्डेसनले जानकारी दिएको छ ।

कन्सर्टमा चर्चित गायिका टीका प्रसाई, गायक खेम सेन्चुरी, जेनिश उप्रेती, विकास पाण्डेले आफ्नो सांगीतिक प्रस्तुती गर्ने भएका छन ।

यसैगरि कार्यक्रममा हाँस्यकलाकार राजेन्द्र नेपाली र प्रभात लामा लगायतले आफ्नो  बेजोड प्रस्तुती दिने कार्यक्रम रहेको छ ।