काठमाडौं ।
नेपाली फुटबलको सर्बोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक फेसबुक पेज ह्याक भएको छ ।
बिहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्विटर मार्फत जनाएको हो । ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजार १५७ लाइक रहेको छ ।
पेज यसअघि समेत ह्याक गर्ने प्रयास गरिएको थियो । तर यसपटक भने एन्फाले पेज फर्काउन नसकिएको र नयाँ पेज खोलिने जनाएको छ ।
इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनलअन्तर्गत गएराति भएको दोस्रो लेगमा पोर्चुगिज क्लब बेन्फिकासँग ३–३ को बराबरीमा रोकिए पनि समग्रमा ६–४ को जित हात पार्दै घरेलु टोली लिभरपुल अघि बढेको हो ।
लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा
एनफिल्डमा खेलको २१ औं इब्राहिमा कोनाटेले घरेलु टोलीलाई सुरूवाती अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा गोन्कालो रामोसले बेन्फिकालाई १–१ को बराबरीमा ल्याए ।
५५ र ६५ औं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गरेपछि लिभरपुल ३–१ ले अघि बढ्यो । ७३ औं मिनेटमा रोमन यारेमचुक र ८१ औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै पाहुना टोलीलाई ३–३ को बराबरीमा ल्याए ।
बेन्फिकाको घरेलु मैदानमा भएको पहिलो लेगमा लिभरपुल ३–१ ले विजयी भएको थियो । लिभरपुलले सेमिफाइनलमा स्पेनिस क्लब भिल्ला रियलको सामना गर्नेछ ।