एजेन्सी ।
चर्चित गायक मिका सिंह बिहे गर्ने तयारीमा छन् । मिका सिंह चाँडै नै आफ्नै स्वयंवर गर्ने योजनामा छन्, जसमा उनले आफ्नो लागि दुलही खोजिरहेका छन् । मिका आफ्नो स्वयम्वरका कारण निकै चर्चामा छन् । उनी आफ्नो शोको प्रचारप्रसार तीव्र रुपमा गरिरहेका छन् । हालै मिका सिंह आफ्नो शोको प्रचार गर्न दिल्ली पुगेका छन् । यहाँ मिका सिंहले पत्रकारसँग दुर्व्यवहार गरेर विवादमा तानिएका छन् ।
वास्तवमा मिकाले दिल्लीमा पत्रकार सम्मेलन गरेका थिए । यहाँ सबै पत्रकारले उनलाई ‘मिका दी भोटी’ शोबारे प्रश्न गरिरहेका थिए । यसैबीच एक रिपोर्टरले मिका सिंहलाई राखी सावन्तसँग सम्बन्धित प्रश्न सोधे । मिडिया रिपोर्टका अनुसार रिपोर्टरले राखी सावन्त पनि उनको शोमा भाग लिन सक्छिन् कि भनेर सोधे ? मिका सिंहले पत्रकारको प्रश्नको जवाफ दिएनन्।
पत्रकार सम्मेलनपछि मिका सिंह रिसाए
पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको मिका सिंहले कुनै जवाफ नदिने दाबी गरिएको छ तर सम्मेलन सकिएपछि सिंगरले रिपोर्टर र उनको सम्पूर्ण टोलीलाई कोठामा बोलाए । त्यसपछि मिका सिंहले रिपोर्टर र उनको टोलीसँग दुर्व्यवहार गरे। उनीहरुलाई धेरै गा ली गरे । यति मात्र होइन, रिपोर्टरको प्रश्न सुनेपछि मिका यति रिसाए कि उनले कुनै पनि रिपोर्टरलाई अन्तर्वार्ता दिन मानेनन् भन्ने दाबी गरिएको छ । उनले आफूलाई राखी सावन्तसँग तुलना गर्न नसकिने बताए । तर, मिका सिंह पछि शान्त भएका थिए ।
राखी सावन्त र मिका सिंहको विवाद
सन् २००६ मा मिका सिंह र राखी सावन्तबीच विवाद भएको थियो । राखी सावन्तले मिका सिंहमाथि जबरजस्ती किस गरेको आरोप लगाएकी थिइन् । यो पूरै मामिलाका कारण मिका सिंह पनि कानुनी समस्यामा परेका छन् ।