हेटौंडा कर्राको एक मासु पसलमा आगलागी

Image

हेटौंडा ।

मकवानपुरको हेटौंडा वडा नम्बर ८ कर्राको एक मासु पसलमा आगलागी भएको छ ।

शनिबार बिहान साँडे ११ बजे भएको आगलागी करिब १ घण्टामा
आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनकारी दिएको छ ।

मासु पोल्नेक्रममा आगलागी हुँदा टहरा, लत्ताकपडा साथै कुखुरा नष्ट भएको र ६ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ। ।