अछामका जिल्ला न्यायाधीश जोशी सर्वोच्चमा तानिए

Image

काठमाडौं । जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशी सर्वोच्च अदालतमा काजमा तानिएका छन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले उनलाई काजमा काठमाडौँ तानेका हुन् ।

ऐनमा व्यवस्था नै नभएको अवस्थामा बलात्कारमा परेकी किशोरीले बयान फेरेको भनेर जोशीको इजलासले ३ वर्ष सजाय तोकेको थियो ।

त्यो फैसलाको प्रारम्भिक जाँचबुझपछि जोशीलाई सर्वोच्च तानिएको न्याय परिषद् स्रोतले जनाएको छ ।