माविको नतिजाको पर्खाइमा हुनुहुन्छ ? यस्तो भन्छन् आयोगका प्रवक्ता

Image

काठमाडौँ ।

शिक्षक सेवा आयोगले खुला र बढुवा तर्फको परीक्षा सकेर अध्यापन अनुमतिपत्रको लागि फारम खोलेको छ। यतिबेला धमाधम माविको फारम भर्ने कार्य भइरहेको छ भने त्यसलगत्तै आयोगले निमावि र प्राविको लाइसेन्सको फारम पनि खोल्ने बताएको छ।

यतिबेला भने प्रथम पत्रको परीक्षा दिएकाहरू माविको नतिजाको पर्खाइमा छन्। नतिजा कहिले प्रकाशित होला भन्ने कौतुहलता सबैलाई छ।आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले भने ‘वैशाख महिना भरिमा नतिजा प्रकाशित गर्नुपर्छ भन्ने मान्यताका साथ आयोग अगाडी बढिरहेका छाै।’

यतिबेला रुजु गर्ने, स्क्यान गर्ने कामहरू भइरहेकाले तिनै तहको नतिजा यो महिना भित्रमा प्रकाशित गरिसक्ने तयारी आयोगको रहेको उनको उनले बताए।  आज वा भोलि नै नतिजा आउने भन्ने बजारमा हल्ला सुनिएजस्तो सत्यता नरहेको भन्दै उनले सक्दो छिटो गर्ने तयारीमा आयोग पनि रहेको बताए।

कहिले खुल्दैछ निमावि लाइसेन्सको फारम? यस्तो भन्छन् आयोगका प्रवक्ता

शिक्षक सेवा आयोगले खुला र बढुवा तर्फको परीक्षा सकेर अध्यापन अनुमतिपत्रको लागि फारम खोलेको छ। यतिबेला धमाधम माविको फारम भर्ने कार्य भइरहे पनि निमावि र प्राविको कहिले खुल्छ भन्ने कौतुहलता सबैको छ।

आज हामि यसै बिषयमा शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठास‌ग कुराकानि गरेका छै । असार १८ गते माविको शिक्षक लाइसेन्स परीक्षा लिने तयारी गरेको आयोगले निमाविको फारम माविको सकिए लगत्तै खोल्ने तयारी गरेको जनाएको छ।

निमावि र प्राविका लागि एउटै शैक्षिक योग्यता भएको र यो वर्षबाट निमावि सम्मको पाठ्यक्रम पनि परिवर्तन भएकाले आवश्यक तयारी गरेर फारम खोल्ने योजनामा आयोग आगाडी बढीरहेको आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले बताए।

उनले भने आयोगले फारम भर्ने सबै काम अनलाइन प्रणालीमा लागेको र माविको फारम संकलन गर्ने काम सकिएपछि मात्रै अन्य तहको खोलिने जानकारी दिए।

यसो गर्दा सर्भर लगायतका समस्याहरु झेल्नु नपर्ने र सुलभ रूपमा सेवा प्रवाह गर्न सकिने उनको बताए । कुनै प्राविधिक समस्या नआएमा जेठको तेस्रो हप्ता सम्म फारम खुल्न सक्ने उनको भनाइ थियो ।

यो पनि : यसरी भर्ने शिक्षक लाइसेन्सको अनलाइन आवेदन ?