सुर्नया ५ को अध्यक्षमा मडैले स्वतन्त्रबाट उम्मेद्वारी दिने

Image

बैतडी । बैतडीको सुर्नया गाउँपालिका वार्ड नम्बर ५ को अध्यक्षमा कर्ण बहादुर मडैले स्वतन्त्रबाट उम्मेद्वारी दिने भएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा लामाे समय देखि शिक्षण पेशा र समाजिक कार्यमा सक्रिय हुदै आएका मडैले वार्ड नम्बर ५ को अध्यक्ष पदका लागि स्वतन्त्रबाट उम्मेद्वारी दिने तयारी गरेका हुन् ।

जनचाहना अनुसार युवाहरुकाे माग र आम मतदाताकाे आग्रहलाई आत्मसात गरि समतामुलक र समुन्नत समाज निर्माण गर्नुका साथै आफ्नाे समाजलाई विकासकाे गति दिनकाे लागि जनभावना अनुसार आफूले स्वतन्त्र उम्मेद्वारी दिने तयारीमा पुगेको मडैले बताएको छन ।