हेटौंडा।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आचारसंहिताकाे उल्लंघन गर्दै पार्टीकाे चुनाव प्रचारप्रसारमा लागेका छन् ।
पदीय मर्यादा र आचारसंहितालाई कुल्चँदै महत स्थानीय तहको निर्वाचनमा उम्मेदवारको प्रचार अभियानमा लागेका हुन् । निर्वाचन आचारसंहिताले स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै पनि राजनैतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाईने व्यवस्था गरेको छ ।
तर पनि बहालवाला मेयर नै आचारसंहिता विपरित पार्टीको चुनावी अभियानमा भाषण गर्दै हिँड्नु गलत भएकाे स्थानीयहरुकाे भनाइ रहेको छ । आचारसंहिताविपरीत काम गर्न मेयरलाई राेक्नुपर्ने हेटाैंडा-५ का एक स्थानीयले बताएका छन् । महत पछिल्लो दिन नियमित रुपमा एमालेकाे चुनावी अभियानमा गएर आश्वासन समेत बाँडिरहेको गुनासो अन्य दलका नेता कार्यकर्ताहरुले गरेका छन् ।
पछिल्लो समय सरकारी कर्मचारी, शिक्षक, अर्ध सरकारी कार्यालयका कर्मचारी र स्थानीय तहका कर्मचारी पनि चुनावी अभियानमा हिँडिरहेका छन् । उनीहरूलाई नियमन गर्न भने सम्बन्धित निकायले सकेको छैन साथै सम्बन्धित निकायको मौनता रहेको गुनासो अन्य दलका नेता लगायत कार्यकर्ताहरुले गरिरहेका छन् भने सम्बन्धित निकाय मौन रहेकोछ। ( प्रदेशसञ्चारबाट)