हेटौंडा।
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारुढ दलीय गठबन्धनबाट हेटौंडा ११ का उम्मेदवारहरुले घरदैलो अभियान साथै मतदाता शिक्षा कार्यक्रमलाई तीव्र पारेका छन् । आज शुक्रबार ११ नम्वर वडा सिमलटारका विभिन्न स्थानमा घरदैलो कार्यक्रम तथा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिएको छ ।
मतदातालाई निर्वाचन प्रक्रियामा सहजता होस् भन्ने उद्देश्यले मतदाता शिक्षाको कार्यक्रमलाई तीव्र पारिएको अध्यक्ष पदका उम्मेदवार मधु कुमार थापा मगर (बिसेस)ले बताउनुभयो। उहाँले जनतासमक्ष ११ नम्वर वडामा रहेको महत्वपूर्ण समस्या लालपूर्जा नभएको जग्गा नापजाँच गर्ने साथै विद्युत, बाटो, स्वच्छ खानेपानी को ब्यबस्था गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

साथै स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमासमेत काम गर्ने भन्दै उनले संयुक्त रुपमा ल्याइएको प्रतिवद्धताहरुलाई पूर्ण रुपमा कार्यान्यन गरिने बताउनुभयो । घरदैलो गर्ने क्रमममा महिला तथा बालबालिका र युवा लक्षित कार्यक्रम संचालन गरिनुका साथै प्रतिवद्धता पत्रमा उल्लेख भएका प्रतिवद्धताहरु कागजमा मात्र सिमित नभई पालना गर्ने बाचा पनि गर्नुभयो। साथै उहाँले वडामा आवश्यक रहेका पूर्वाधारदेखि स्वास्थ्य, शिक्षा, रोजगार तथा वडालाई प्रविधिमैत्री बनाई जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
