काठमाडौं : धनगढी र महेन्द्रनगरमा करिब 8 महिना अघि देखि सञ्चालनमा आएको ईकमर्स तथा फुड डेलिभरी कम्पनी अपिबजार छोटो समयमै लोकप्रिय बनेको छ ।
प्लेस्टोरमा उपलब्ध कम्पनीको मोबाईल एप डाउनलोड गरेर आफुले चाहेको रेस्टुरेन्ट तथा बेकरी बाट मनपरेको खाना,खाजा,नास्ता तथा केक घरमै बसेर अर्डर गर्न सकिने सुबिधा सहित अनलाइन शपिङ्ग समेत गर्न मिल्ने उक्त एपमा सेकेन्ड हेन्ड सामग्री मोबाइल,अटोमोबाइल,ल्यापटप ,पुस्तक तथा घर,जग्गा,पसल,कोठा,फ्ल्याट आदिको बिक्री र भाडाको लागि नि :शुल्क बिज्ञापन राख्न सकिने सुबिधा उपलब्ध रहेको छ ।
छोटो समयमै प्रयोगकर्ताको रुचाएकाे उक्त एपले गर्दा आफुलाई हौसला मिलेको र ग्रहकको मागअनुसार छिटाेछरिताे तरिकाले सम्पुर्ण किरानाको सामान पनि होमडेलिभरी गर्ने सकिने उक्त कम्पनीका संचालक सोम राज अवस्थीले जानकारी दिए।
कञ्चनपुरका प्रायः सबै नगरपालिका, धनगढी उपमहानगरपालिका र गोदावरीमा डेलिभरी दिने गरिएको कम्पनीले जनाएको छ । AppLink :

















