Khabar Board
Flash logo up side
flash header

धरौटीमा रिहा भईन् शर्मिला वाईबा

काठमाडौं । कलाकार पवन खतिवडामाथि कुटपिटको आरोपमा प्रक्राउ परेकी शर्माला वाइबा धरौटीमा रिहा भएकी छन् । काठमाडौं जिल्ला अदालतले शुक्रबार युटुबमा विभिन्न फन्डा गर्दै चर्चित बनेकी वाइबालाई ३५ हजार धरौटीमा रिहा गर्न अनुमति दिएको हो ।

अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीकाअनुसार उनलाई कुटपिट र अंगभंग शीर्षकमा सो रकम बराबरको धरौटी तोकिएको हो ।

महानगरीय प्रहरी वृत महाराजगन्जका डीएसपी अमर थापाका अनुसार वाइबा आजै रिहा भएकी छन् । अनुसन्धानका लागि उनीमाथि सात पटक म्याद थप गरिएको थियो । उनले २६ दिनको हिरासत बिताइन् ।

कलाकार खतिवडाले वाइबाविरुद्ध उजुरी दिएपछि फागुन १६ गते सिन्धुपाल्चोकबाट पक्राउ गरिएको थियो ।

यातायात कार्यालय हेटौँडा
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.