Khabar Board
Flash logo up side
flash header

भिक्षुलाई लात्ती हान्ने प्रहरीमाथि विभागीय कारबाही अघि बढ्यो

Nirbachan m

काठमाडौं । काठमाडौंको भद्रकालीमा हिँडिरहेका एक भिक्षुमाथि लात्ती हान्ने प्रहरीमाथि कारबाही अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Center article

प्रहरी प्रधान कार्यालयले सामाजिक सन्जालमा एक सूचना जारी गरी उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिएको हो ।

‘उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकिएको व्यवहोरा समेत जानकारी गराउँदछौं,’ सूचनामा उल्लेख छ ।

शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । सो क्रममा बाटोमा हिँडिरहेका दुईजना भिक्षुमाथि प्रहरीले दुर्व्यवहार गरेको थियो ।

प्रहरीले पछाडिबाट एकजना भिक्षुमाथि लात्ती प्रहार गरेको भिडिओ सामाजिक सन्जालमा अहिले भाइरल छ । धेरैले उक्त भिडिओ पोस्ट गर्दै गृहमन्त्री रवि लामिछाने र नेपाल प्रहरीको आलोचना गरिरहेका छन् । Image

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.