Khabar Board
Flash logo up side
flash header

मेडिसिटी अस्पतालमा पूजा शर्माको आकस्मिक शल्यक्रिया

Nirbachan m

काठमाडौं । मेडिसिटी अस्पतालमा अभिनेत्री पूजा शर्माको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ । सामाजिक सञ्जालबाट स्वास्थ्य अवस्थाको जानकारी दिंदै उनले फोटो सेयर गरेकी छन् ।

Center article

आइतबार शल्यक्रिया गरिएको र सोमबार बेलुकासम्म डिस्चार्ज हुने जनाइएको छ । ‘सफलतापूर्वक अप्रेसन भएको छ र चाँडै स्वास्थ्य रिकभर भएकोमा म खुसी छु,’ पूजाले लेखेकी छन्, ‘अबको समय चाँडो निको हुन डाक्टरको सल्लाह पालना गर्ने र आराम गर्ने हो ।’

उनले लेखेकी छन्, ‘मेरो स्वास्थ्यलाभको शुभकामनाको लागि धन्यवाद । तपाईंका दयालु सन्देशले मेरो हृदय कृतज्ञताले भरिएको छ । म भाग्यमानी छु कि मेरो जीवनमा यस्ता अद्भूत व्यक्ति छन् । सुस्वास्थ्य, सुख शान्ति र सदैव तपाईंको साथमा रहोस् । आमेन ।’

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.