हेटौंडा। उमेरले झन्डै ६ दसक हाराहारीमा रहेका हेटौंडा ४ निवासी हबिब मिया आफ्नो सीप को उचित मुल्यांकन भएकोमा खुशी देखिन्छन् । दुई दसकदेखि कन्स्ट्रक्सन मेशन डकर्मीको काम गर्दै आएका मियासङग सिटिभिटीको प्रमाण पत्र नहुन्जेलसम्म आफ्नो कामको मुल्यांकन नभएको महशुस गर्दै आएका थिए । सामाजिक विकास मन्त्रालय बागमती प्रदेश ले सीपको परिक्षण गरि परिक्षा लिएर मुल्यांकन को आधारमा सिटिभिटीको २ लेवलको प्रमाणपत्र उपलब्ध गराएपछि थप हौसला बढेको र काम गरेर खाने आधार बनेको मियालाई लागेको छ। यस्तै हेटौंडा ४ कै सम्झना षेर्स्थ , शर्मिला दवाडी सिलवाल पनि गार्मेन्ट फेबृकेटर लेवल १ को प्रमाण पत्र पाँउदा सीप अनुसारको मुल्यांकन भएको बताउँछन ।
यस्तै मनहरी गाउपालिका वडा ८ बेल्बासेका रामकुमार गिरी , हेटौंडा ७ नागस्वतीका माधव खतिवडा पनि सीप अनुसारको प्रमाणपत्र पाइयो अब तहगत काम पाइने कुरामा आशावादी छन् । राष्ट्रिय सीप प्रमाणपत्र बितरण कार्यक्रम मा स्विस सरकार विकास सहयोग (एसडिसी) रहेको सामाजिक विकास मन्त्रालय बागमती प्रदेश एनभिक्युएस \ एमओएसडी बागमती प्रदेश प्राविधिक संयोजक सुकबहादुर चौधरीले बताए । ३ तहको सरकार र सिटिइभिटीको समन्वय र साझेदारीमा कार्यक्रम भएको हो र ४२ जनालाई प्रमाणपत्र बितरण गरिएको संयोक चौधरी ले जानकारी दिए । कार्यक्रममा सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेश सचीव राजन पौडेल ले प्रमाणपत्र बितरण गरेका हुन् । आव २०८१\ ०८२ मा ५ सय जनाबाट प्रमाणपत्रको लागि छनौट हुने संयोजक चौधरी को भनाइ छ ।
प्रमाणपत्रको पछाडि भागमा कामको दक्षताको विवरण खुलाइनाले पनि सिपको आधारमा काम पाइने र वैदेशिक रोजगारितामा पनि महत्वपुर्ण सपोर्ट हुने हुनाले पनि कार्यक्रमप्रती युवाहरूको आकर्षण बढेको चौधरी बताउँछन् । कार्यक्रम सामाजिक विकास मन्त्रालय बागमती प्रदेश हेटौंडा मा भएको हो । औपचारिक वा अनौपचारिक रुपमा शिक्षा तथा तालिम पाएका , कामको अनुभव बाट सीप प्राप्त गरेका युवाहरूलाई मान्यताप्राप्त प्रमाणपत्रको सथै श्रमबजारमा रोजगारिको बृहत अवसर सृजना गर्नको निम्ति नेपाल सरकारबाट रास्टृयता प्रारुप , सहितको रास्टृय ब्यावसायिक योग्यता प्रारुप स्विक्रीत भै कार्यक्रम अगाडि बढेको हो ।
संयोजक चौधरीका अनुसार अहिले गार्मेन्टफेबृकेटर लेवल १, वेल्डर लेवल २ , पेन्टर लेवल २, कन्स्ट्रक्सन मेशन डकर्मी लेवल २ को प्रमाणपत्र बितरण भएको हो । सामाजिक बिकास मन्त्रालयले हेटौंडामा पहिलो पटक गरेको कार्यक्रम हो यो , यस् कार्यले सहभागिहरु उत्साहित छन् चौधरीको भनाइ छ ।
















