हेटौंडा । किशोरीहरुको आत्मरक्षा सम्बन्धि २ दिने तालिम सप्पन्न भएको छ । प्रदेश युवा परिषद बागमती जिल्ला युवा समिती , मकवानपुर को आयोजनामा हेटौंडा ४ स्थीत रोयल प्यालेसमा शुक्रबारदेखि शुरु भएको तालीममा ३० जना किशोरी हरुले भाग लिएका थिए ।
जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रिनको सभाध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका पुर्व साम्सद ओमबहादुर घलानले गरेका थिए ।
तलिममा सुजता भुजेल , बिष्णु श्रेष्ठ ले सहजीकरण गरेका थिए । आत्मरक्षा सम्बन्धि तालिम हेर्दा सामान्य छ तर अत्यन्त जरुरी रहेकोेले प्रदेशका १३ वटै जिल्लाका महिला र किशोरीहरुका लागि तालिम सन्चालनमा ल्याएका छौं प्रदेश युवा परिषद बागमती प्रदेशका कार्यालय प्रमुख रमेश घिमिरेले जानकारी दिए ।















