दिगो वन संरक्षण तालिम सम्पन्न

Image

हेटौंडा। दिगो वन ब्यवस्थापन , कार्ययोजना कार्यान्वयनको लागि समुहका पदाधिकारी र जनप्रतिनिधिहरुको लागि दिईएको ४ दिने तालिम सम्पन्न भएको छ । तालिममा डिभिजन वन कार्यालय राप्ती , मनहरी ,मकवानपुरका डिएफओ लोकराज नेपाल , वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशका नवौं तह अधिकृत शम्भु तामाङ , डिभिजन वन मकवानपुर का अधिकृत राकेश चन्द्र वेशी , वन अधिकृतहरु विशाल भट्टराई , दिनेश सत्याल , दामोदर पाण्डे लगायतकाले दिगो वन ब्यवस्थापन , कार्ययोजना सम्बन्धि तालीम दिएका थिए ।

तालिमको अन्तिम दिनमा सहभागीहरुलाइ मनहरी ७ का मनकामना सामुदायिक वन , पशुपति सामुदायिक वन र डिपार्ट सामुदायिक वन अवलोकन गराइ डिभिजन वन कार्यालय राप्ती , मनहरीमा तालिमको समापन गरिएको थियो । तालिममा जनप्रतिनिधि , सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरु , पत्रकार गरि ३० जनाको सहभागीता रहेको तालिम सम्योजक तथा वन रेन्जर ज्ञानकुमार रिजालले जानकारी दिए ।

वन अधिकृत सुरेश गुप्ताको सभाध्यक्षतामा भएको तालिम समापन कार्यक्रम मा हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य इश्वरी रसाइलीको हातबाट तालीममा सहभागीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियोे । असार १० गतेदेखि हेटौंडा १९ नम्बर वडा कार्यालयको शभाहलमा शुरु भएको तालिम १३ गते समापन भएको हो ।