हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी समाजवादी (एस) को प्रथम हेटौंडा नगर कमिटी बैठक सम्पन्न भएको छ । शनिबार बिहान पार्टी कार्यालय हेटौंडामा बसेको बैठक ले नगर भेलाको समीक्षा र जिम्मेवारी बाडफाड गरेको छ ।
पार्टी कि नगर अध्यक्ष विष्नुमाया लामाको अध्यक्षतामा बसेको बैठकले नगर सचिव सफल अधिकारीलाइ संगठन तथा स्कुल बिभाग प्रमुखको जिम्मेवारी दिईएको छ ।
यसैगरी उपसचिव देवेन्द्र पराजुलीलाई आर्थिक बिभाग प्रमुख , नगर सदस्य तथा प्रेस सङ्गठनका जिल्ला उपाध्यक्ष गोबिन्द प्रसाद न्यौपानेलाई सुचना तथा प्रचार-प्रसार बिभाग प्रमुखको जिम्मेवारी दिइएको छ । नगर बैंककबाट उनिहरुलाइ सर्वसम्मत चयन गरिएको हो । बैठक पार्टी का जिल्ला अध्यक्ष बिष्णु दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

















