काठमाडौं । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वन्तत्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भयो भनिएको विषयमा यथार्थ छानविन गरी दोषीलाई तत्काल कारबाहीमा ल्याउन निर्देशन दिएका छन्।
बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख बसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानविन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।
बुधबार साँझ रास्वपा कार्यकर्ताले सामाजिक सञ्जाल हिरासत कक्षभित्रको तस्बीर भन्दै सार्वजनिक गरेपछि गृहमन्त्रालयले त्यसको यथार्थ छानविन गर्न प्रहरीलाई निर्देश गरेको जनाएको छ ।
मन्त्री लेखकले उक्त तस्बीरको विषयमा छानविन गरी दोषीलाई तत्काल कारबाहीका लागि प्रहरी प्रमुखलाई निर्देशन दिएको जानकारी दिए ।
‘यो विषयमा छानविन गरी दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु ।’ गृहमन्त्री लेखकले भने,’हिरासतमा रहेको दाबी गरिएको तस्बीरको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ ।’
त्यसैगरी प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले पनि तस्बीर सार्वजनिक गरिएको भनिएको विषयमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिए।
यता, लामिछानेको तस्बिर आफूले खिचेको डा. निकोलस भुसालले दाबी गरेका छन्। रविको समर्थन गर्दै आएका डा. भुसालले त्यो तस्बिर आफूले खिचेको दाबी गरेका हुन्।
‘फोटो रियल हो मैले नै खिचेको हो गल्ती भको हो माफी चाहान्छु’ सामाजिक सञ्जालमा भुसाल लेख्छन्,’मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन। भ्रममा नपर्न अनुरोध। म स्वास्थ्य अवस्था बुझन र हौसला प्रदान गर्न गको थिएँ।’
यो पनि : ‘रविको फोटो मैले खिचेको हुँ, खराब नियत थिएन भ्रममा नपर्नू’स् डा।निकोलस भुसाल
यो पनि : रवि लामिछानेको हिरासतमा सुतिरहेको सिसिटिभी फोटो भाइरल, के भन्छ कास्की प्रहरी ?















