ख्रीष्टमसको शुभकामना दिदै मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले २ दिन सार्वजनिक विदा दिने

Image

हेटौंडा। मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले ईसाइ धर्मावलम्बीहरुले हरेक वर्षको डिसेम्बर २५ का दिन हर्सोल्लासकासाथ मनाउने महान् चाड ख्रीष्टमसको उपलक्ष्यमा २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।

साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईसाई धर्मावलम्बी दिदी बहिनी तथा दाजु भाईहरुमा सुस्वास्थ्य, दीर्घायु, शान्ति, समृद्धि र उतरोतर प्रगतिको सुभकामना गर्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सुभकामना व्यक्त गर्नुभएको छ।

यो पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक,जातिय विविधता युक्त भएको र गाउँपालिकाका सम्पुर्ण जनतामा आपसी सदभाव, सामाजिक एकता र समताको भावना बढाई शान्त, समुन्नत तथा सम्वृद्ध राक्सिराङ्ग बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्दै गाउँपालिकामा इसाईहरूको उल्लेखनीय बसोबास रहेको जनाउँदै सुभकामना तथा दुई दिन गाउँपालिकामा पुष ९ र १० गते सार्वजानिक बिदा दिने निर्णय गरेको अध्यक्ष मल्लले उल्लेख गर्नु भएको छ।