हेटौंडामा ‘अराइज एण्ड साइन नेपाल’ संस्थाको उद्घाटन

Image

हेटौंडा / हेटौंडा उपमहानगरपालिका-११, ठानाभरङ्गस्थित शान्ति टोलमा ‘अराइज एण्ड साइन नेपाल’ संस्थाको उद्घाटन गरिएको छ। हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा तथा वडा नं. ११ की वडा अध्यक्ष जुना दाहालको विशेष आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।

विगत ९ वर्षदेखि देशका विभिन्न क्षेत्रमा जोखिममा परेका तथा बेरोजगार युवाहरुमाझ विकास तथा स्वरोजगारमूलक विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको यस संस्था यसै वर्षदेखि मकवानपुर जिल्लाको हेटौंडामा पनि ‘युथ सेन्टर’ सञ्चालन गर्ने भएको छ। संस्थाका कार्यकारी निर्देशक यहोशू लिम्बुले उद्घाटन कार्यक्रममा यस विषयमा जानकारी गराउनुभएको थियो।

कार्यक्रममा विभिन्न समाजसेवी तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो। संस्थाले आगामी दिनहरूमा स्थानीय युवाहरूलाई स्वरोजगारमुखी कार्यक्रममार्फत सशक्त बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।