काठमाडौ । प्रगतिशील लेखक संघ (प्रलेस)को अध्यक्षमा डा. देवी दुलाल क्षेत्री चयन भएका छन् आईतवार काठमाँडौमा सम्पन्न संघको १३ औँ राष्ट्रिय सम्मेलनबाट क्षेत्री सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन्। सम्मेलनले क्षेत्रीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा समीर सिंह र डा. अमृता शर्मा चयन भएका छन् भने महासचिवमा झगिन्द्र प्रसाद ढकाल, उपमहासचिवमा बोध कुमार घिमिरे, सचिवमा हरि प्रसाद तिमिल्सिना र कुशल बोगटी भएका छन्। संघको कोषाध्यक्षमा कृष्ण सुवेदी चयन भएका छन्।















